भ्रातृ संगठनहरूको नेतृत्वमा कसैलाई पनि मनोनित गरिएको छैन : सभापति थापाको सचिवालय

  • प्रकाशित मिति : २०८३ बैशाख २५, शुक्रबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सचिवालयले भ्रातृ संगठनहरूको नेतृत्वमा कसैलाई पनि मनोनित नगरिएको स्पष्ट पारेको छ।

सामाजिक सञ्जालमा आएको मनोनयनसम्बन्धी हल्ला गलत रहेकाे थापाका स्वकीय सचिव शंकर कुइकेलले बताए । उनका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रातृ संगठनहरूको म्याद थप नगरेपछि कुनै निर्णय भएकाे छैन।



भ्रातृ संगठनहरूको महाधिवेशनका लागि नयाँ तदर्थ समिति गठन गर्ने तयारी भइरहेको पार्टीले जनाएको छ।