देशभरका ६१ पालिकामा ५ प्रतिशतभन्दा बढी बेरुजु, केहीमा १४ प्रतिशत नाघ्यो

  • प्रकाशित मिति : २०८३ जेष्ठ १, शुक्रबार
  • नेपाल टेल संवाददाता

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार देशभरका ६१ स्थानीय तहमा ५ प्रतिशतभन्दा बढी बेरुजु देखिएको छ। केही पालिकामा बेरुजु दर १० प्रतिशत नाघेको छ भने उच्चतम बेरुजु १४ प्रतिशतभन्दा बढी पुगेको छ।

प्रतिवेदनअनुसार रौतहटको गढीमाई नगरपालिकामा सबैभन्दा धेरै १४.१९ प्रतिशत बेरुजु देखिएको छ। त्यसपछि सिराहाको विष्णुपुर गाउँपालिकामा १४.३३ प्रतिशत, मनाङको मानाङ डिस्याङ गाउँपालिका मा १३.६५ प्रतिशत, सर्लाहीको बागमती नगरपालिकामामा १३.३१ प्रतिशत तथा रौतहटको कटहरिया नगरपालिकामा १२.९३ प्रतिशत बेरुजु कायम भएको छ।



मधेश प्रदेशका रौतहट, सर्लाही, सिराहा, बारा र महोत्तरी जिल्लाका पालिकामा उच्च बेरुजु देखिएको छ। त्यस्तै कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थानीय तहमा पनि वित्तीय अनुशासन कमजोर देखिएको प्रतिवेदनले जनाएको छ।

महालेखा परीक्षकको कार्यालयका अनुसार बेरुजु भनेको प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया नपुर्‍याई गरिएको खर्च, अभिलेख नराखिएको कारोबार वा अनियमित आर्थिक गतिविधि हो। प्रतिवेदनले स्थानीय तहमा आर्थिक पारदर्शिता र खर्च व्यवस्थापनमा सुधार आवश्यक रहेको औँल्याएको छ।

यस्तो छ पाँच प्रतिशतबढीको बेरुजु प्रतिशत भएका देशभरका पालिकाको सूचीः

१. मोहन्याल गाउँपालिका (कैलाली) : ७.२८ प्रतिशत

२. बेलौरी नगरपालिका (कंचनपुर) : ५.३५ प्रतिशत

३. डिलासैनी गाउँपालिका (बैतडी) : ५.१३ प्रतिशत

४. सूर्मा गाउँपालिका (बझाङ) : ५.०९ प्रतिशत

५. चौकुने गाउँपालिका (सुर्खेत) : ७.१४ प्रतिशत

६. महावै गाउँपालिका (कालिकोट) : ५.७० प्रतिशत

७. बारेकोट गाउँपालिका (जाजरकोट) : ५.१२ प्रतिशत

८. चामुण्डा व्रिन्दासैनी नगरपालिका (दैलेख) : ६.६३ प्रतिशत

९. ठाँटीकाध गाउँपालिका (दैलेख) : ६.७२ प्रतिशत

१०. नौमुले गाउँपालिका (दैलेख) : ५.२३ प्रतिशत

११. भैरवी गाउँपालिका (दैलेख) : ६.२४ प्रतिशत

१२. गुठीचौर गाउँपालिका (जुम्ला) : ६.१६ प्रतिशत

१३. ठूलीभेरी नगरपालिका (डोल्पा) : ५.२४ प्रतिशत

१४. रोहीणि गाउँपालिका (रुपन्देही) : ६.५७ प्रतिशत

१५. सुनवल नगरपालिका (नवलपरासी बर्दाघाट, सुस्ता पश्चिम) : ५.३८ प्रतिशत

१६. नासो नगरपालिका (मनाङ) : ५.७० प्रतिशत

१७. मानाङ डिस्याङ गाउँपालिका (मनाङ) : १३.६५ प्रतिशत

१८. राप्ती नगरपालिका (चितवन) : ७.९८ प्रतिशत

१९. गंगाजमुना गाउँपालिका (धादिङ) : ५.५४ प्रतिशत

२०. लिसंखु पाखर गाउँपालिका (काभ्रेपाल्चोक) : ५.१५ प्रतिशत

२१. चौतारा साँगाचोक गढी गाउँपालिका (सिन्धुपाल्चोक) : ७.६७ प्रतिशत

२२. बाह्रबिसे गाउँपालिा (सिन्धुपाल्चोक) : ५.११ प्रतिशत

२३. धोबिनी गाउँपालिका (पर्सा) : ५.२० प्रतिशत

२४. छिपहरमाई गाउँपालिका (पर्सा) : ७.६८ प्रतिशत

२५. सुवर्ण गाउँपालिका (बारा) : ५.७८ प्रतिशत

२६. आदर्श कोटवाल गाउँपालिका (बारा) : ६.९८ प्रतिशत

२७. सिम्रौनगढ नगरपालिका (बारा) : ६.७० प्रतिशत

२८. निजगढ नगरपालिका (बारा) : ६.७१ प्रतिशत

२९. जितपुर सिमरा उपमहानरपालिका (बारा) : ६.१६ प्रतिशत

३०. कलैया उपमहानगरपालिका (बारा) : ५.३९ प्रतिशत

३१. राजपुर नगरपालिका (रौतहट) : ६.२० प्रतिशत

३२. दुर्गा भगवती गाउँपालिका (रौतहट) : ६.८३ प्रतिशत

३३. बृन्दावन गनरपालिका (रौतहट) : १०.५१ प्रतिशत

३४. फतुवा विजयपुर नगरपालिका (रौतहट) : १०.०६ प्रतिशत

३५. गढीमाई नगरपालिका (रौतहट) : १४.१९ प्रतिशत

३६. कटहरिया नगरपालिका (रौतहट) : १२.९३ प्रतिशत

३७. बसबरिया गाउँपालिका (सर्लाही) : ८.४० प्रतिशत

३८. धनकौल गाउँपालिका (सर्लाही) : ५.११ प्रतिशत

३९. चन्द्रनगर गाउँपालिका (सर्लाही) : ६.१४ प्रतिशत

४०. बागमती नगरपालिका (सर्लाही) : १३.३१ प्रतिशत

४१. गोडैता नगरपालिका (सर्लाही) : १२.२५ प्रतिशत

४२. सोनमा गाउँपालिका (महोत्तरी) : ५.७३ प्रतिशत

४३. लोहरपट्टी नगरपालिका (महोत्तरी) : ९.५३ प्रतिशत

४४. बलवा गाउँपालिका (महोत्तरी) : ८ प्रतिशत

४५. मुखियापट्टी मुसहरमिया गाउँपालिका (धनुषा) : ५.५९ प्रतिशत

४६. जनकनन्दिनी गाउँपालिका (धनुषा) : ६.९६ प्रतिशत

४७. सखुवानान्कारकट्टी गाउँपालिका (सिराहा) : ५.६१ प्रतिशत

४८. बिष्णुपुर गाउँपालिका (सिराहा) : १४.३३ प्रतिशत

४९. नरहा गाउँपालिका (सिराहा) : १०.६८ प्रतिशत

५०. सुखीपुर नगरपालिका (सिराहा) : ५.८८ प्रतिशत

५१. सिरहा नगरपालिका (सिराहा) : ५.०२ प्रतिशत

५२. कर्जन्हा नगरपालिका (सिराहा) : ८.३५ प्रतिशत

५३. बलान बिहुल गाउँपालिका (सप्तरी) : ५.५५ प्रतिशत

५४. देवानगंज गाउँपालिका (सनुसरी) : ९.४६ प्रतिशत

५५. चम्पादेवी गाउँपालिका (ओखलढुंगा) : ५.७७ प्रतिशत

५६. भोटखोला गाउँपालिका (संखुवासभा) : ७.६५ प्रतिशत

५७. चिचिला गाउँपालिका (संखुवासभा) : ७.१६ प्रतिशत

५८. पाँचखपन नगरपालिका (संखुवासभा) : ५.३६ प्रतिशत

५९. मौवाखोला गाउँपालिका (ताप्लेजुङ) : ८.४४ प्रतिशत

६०. मिक्वाखोला गाउँपालिका (ताप्लेजुङ) : ५.७० प्रतिशत

६१. फत्ताङ्लुङ गाउँपालिका (ताप्लेजुङ) : ५.४३ प्रतिशत