बिहीवार मृत्यु भएका शिक्षकको गाउँमा परीक्षण गराएकामध्ये २५ जनाको रिपोर्ट आयो

  • प्रकाशित मिति : २०७७ जेष्ठ ९, शुक्रबार
  • nepaltale.com

कोरोना संक्रमणको रिपोर्ट पोजिटिभ आएको र उपचारका क्रममा रुपन्देहीको क्रिमशन अस्पतालमा बिहीवार मृत्यु भएका गुल्मीका शिक्षकको गाउँमा परीक्षण गराएकामध्ये २५ जनाको रिपोर्ट नेगटिभ आएको छ ।

शिक्षकको गाउँ मदाने गाउँपालिका वडा नम्वर ५ पुर्कोटदह पुगेर स्वास्थ्य कार्यालय गुल्मी र प्रदेशको टोलीले ती शिक्षकका परिवार, उनले सुरुमा परीक्षण गराएको स्वास्थ्य संस्था र उनीसँग सम्पर्कमा रहेका ३० जनाको स्वाब संकलन गरी प्रयोगशालामा पठाएको थियो ।

ती मध्ये ५ जनाको नमुना परीक्षण गर्न बाँकी रहेको र परीक्षण भई सकेका २५ जना सबैको रिर्पोट नेगटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानी प्रसाद शर्माले जानकारी दिए ।
बाँकी ५ जनाको रिपोर्ट पनि नेगेटिभ आओस् भन्ने आफूहरुको कामना रहेको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए ।

उता सन्धिखर्कस्थित ती शिक्षकले दोश्रो पटक उपचार गराएको छाया पोलिक्लिनकका पनि सबै जना स्वास्थ्यकर्मीको रिर्पोट पनि बिहीवार नेगटिभ आइसकेको छ ।