पूर्वराजाले असार २३ मा ८० औँ जन्मोत्सव मनाउँदै, शुभकामनाका लागि तीन घण्टा निर्मल निवास खुला

  • प्रकाशित मिति : २०८३ असार ३, बुधबार
  • नेपाल टेल संवाददाता

पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते निर्मल निवासमा मनाउने भएका छन् । जनचाहना अनुसार जन्मोत्सव समारोह आयोजना गरिएको पूर्वराजाको संवाद सचिवालयले जनाएको छ ।

सचिवालयद्वारा जारी विज्ञप्ति अनुसार जन्मोत्सव समारोहमा पूर्वराजाबाट शुभकामना तथा अभिवादन ग्रहण गर्ने कार्यक्रम छ ।



सबै सुभेच्छुक जनसमुदाय, संघसंस्था तथा आमनागरिकहरुका लागि असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास खुल्ला राखिने संवाद सचिव फणिराज पाठकले बताएका छन् ।