विश्वभरी एकै दिन ५ हजार २ बढीको मृत्यु, कहाँ कति ?

  • प्रकाशित मिति : २०७७ जेष्ठ १०, शनिबार
  • nepaltale.com

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१३ देशमा फैलिएको छ। कोरोना महामारीबाट पछिल्लो २४ घण्टामा ५ हजार २ सय ५२ जनाको मृत्यु भएको छ भने १ लाख ७ हजार ७ सय १६ जना नयाँ संक्रमित थपिएका छन्।

यो सँगै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ९ सय ९२ पुगेको छ भने ५३ लाख ३ हजार ७ सय १५ जना संक्रमित भएका छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका र ब्राजिल बनेको छन्।

पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा १ हजार २ सय ९३ जनाको मृत्यु भएको छ भने २४ हजार १ सय ९७ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ हजार ६ सय ४७ पुगेको छ भने १६ लाख ४५ हजार ९४ संक्रमित भएका छन्।

त्यस्तै ब्राजिलमा पनि कोरोना संक्रमित तिब्र गतिमा फैलिएको छ। पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ९ सय ६६ जनाको मृत्यु भएको छ भने १९ हजार ९ सय ६९ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै ब्राजिलमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २१ हजार ४८ पुगेको छ भने ३ लाख ३० हजार ८ सय ९० जना संक्रमित भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै रुसमा १५० जना, स्पेनमा ६८८ जना, यूकेमा ३५१ जना, इटलीमा १३० जना, भारतमा १४२ जना, मेक्सिकोमा ४२० जनाको मृत्यु भएको छ ।