चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१३ देशमा फैलिएको छ। पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसबाट ४ हजार १ सय ८३ जनाको मृत्यु भएको छ भने ९९ हजार ८ सय ७२ जना नयाँ संक्रमित थपिएका छन्।
यो सँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ४३ हजार ८ सय १३ पुगेको छ भने ५४ लाख १ हजार ८ सय ६२ जना संक्रमित भएका छन्।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ३६ जनाको मृत्यु भएको छ भने २१ हजार ९ सय २९ जना जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९८ हजार ६ सय ८३ पुगेको छ भने १६ लाख ६६ हजार ८ सय २८ संक्रमित भएका छन्।
त्यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ९ सय ६५ जनाको मृत्यु भएको छ भने १६ हजार ५ सय ८ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ हजार १३ पुगेको छ भने ३ लाख ४७ हजार ३९८ जना संक्रमित भएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै रुसमा १३९ जना, यूकेमा २८२ जना, इटलीमा ११९ जना, भारतमा १४२ जना, पेरुमा १२९ जना, क्यानडामा १०५ जनाको मृत्यु भएको छ ।