रुकुमको घटनामा थप एक युवकको शव फेला

  • प्रकाशित मिति : २०७७ जेष्ठ १५, बिहीबार
  • नेपाल टेल संवाददाता

पश्चिम रुकुमको चौरजहारी नगरपालिका सोतीमामा भएको घटनामा थप एक युवकको शव फेला परेको छ।

प्रेमिका लिन गएको समूहलाई गाउँलले लखेटेपपिछि भेरी नदिमा हाम फालेर पारी जाजरकोट जान खोज्दा बेपत्ता भएकामध्ये थप एक युकको शव बिहीबार फेला परेको हो।



शसस्त्र प्रहरीको गोताखोर टोलीले सन्जु विकको शव फेला पारेको हो। यो सँगै ५ जनाको शव फेला परेको छ। कालाभीर नजिक भेरी नदीको तैरिरहेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीले खबर गरेका थिए। गोविन्द शाही अझै बेपत्ता छन्।

जाजरकोटका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन गाउँका १९ जना लिएर शनिबार साँझ सोती पुगेका थिए।

उनिहरुलाई युवतीका परिवारको नेतृत्वमा गाउँलेले लखेटेपछि भेरीमा हाम फालेको मृतक युवक पक्षहरुको दावी छ।

वेपत्ता रहेका अर्का युवकको खोजी कार्य जारी छ। पीडित पक्षले यस घटनामा २० जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी परेको छ।