प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयाे ।
बैठबकमा समसामयिक राजनीतिक घटनाक्रम र संविधान संशोधनका बारेमा छलफल हुने पनि उहाँले जानकारी दिनुभयाे । संविधान संशोधनका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।