उदयपुरमा फेरि ८ जनामा कोरोना संक्रमणको आशंका, धरानमा पुनः परीक्षण हुँदै

  • प्रकाशित मिति : २०७७ बैशाख ९, मंगलवार
  • nepaltale.com

उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमण आशंका गरिएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ ।

उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेकाहरू ६८ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । त्यसमध्ये ८ जनामा शङ्कास्पद नतिजा देखिएपछि धरानमा पुनः परीक्षणका लागि पठाइएको बताइएकाे छ ।