काठमाडौं । रोजगारीका लागि दक्षिण कोरियामा जान सम्पूर्ण प्रक्रिया पूरा गरेपनि जान नपाएको भन्दै प्रदर्शन भएको छ ।
इपीएस परीक्षा पास गरि अन्य सबै प्रकृया पूरा गरेको भएपनि जान नपाएको भन्दै बुधबार राजधानीमा प्रदर्शन गरिएको हो ।
कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडान बन्द भएपछि प्रक्रिया पूरा भएपनि कोरिया जान नपाएकाहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
२ हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजार बढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरूले बताएका छन् ।
प्रदर्शनकारीले सामाजिक दूरी कायम गर्दै माइतीघरमा नाराबाजीसमेत गरे ।
सहभागीहरूले ‘की रोजगारी दे, की कोरिया जान दे’, ‘कोरियाको लागि अन्तर्राष्ट्रिय उडान सूचारु गर’, ‘गरी खान दे सरकार, उडान खोली जान दे सरकार’, ‘काम रोक्न पाइँदैन, नालायक सरकार चाँहिदैन’, लगायत नारा लगाएका थिए ।
आफ्ना माग पूरा नभए कडा आन्दोलन गर्ने उनीहरुले चेतावनी दिए ।