कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ७ हजार ६२ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७७ बैशाख १०, बुधबार
  • nepaltale.com

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ७ हजार ६२ जनाको मृत्यु भएको छ भने ७५ हजार २४५ जना नयाँ संक्रमित थपिएका छन्।

अघिल्लो दिन २४ घण्टामा मात्रै ५ हजार ३६६ जनाको मृत्यु भएको थियो भने ७३ हजार ९२८ जना नयाँ संक्रमित थपिएका थिए।

यो सँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६१२ पुगेको छ भने २५ लाख ५६ हजार ५४८ जना संक्रमित भएका छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ।

पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २ हजार ८ सय ४ जनाको मृत्यु भएको छ भने २५ हजार ९ सय ८५ जना नयाँ संक्रमित थपिएका छन्।
यो सँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ हजार ३१८ पुगेको छ भने ८ लाख १८ हजार ७४४ जना जना संक्रमित भएका छन्।

त्यस्तै इटलीमा पछिल्लो २४ घण्टामा ५३४ जनाको मृत्यु भएको छ भने २ हजार ७२९ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै इटलीमा अहिलेसम्म मृत्यु हुनेको संख्या २४ हजार ६४८ पुगेको छ भने १ लाख ८३ हजार ९५७ जना संक्रमित भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा फ्रान्समा ५३१ जना, स्पेनमा ४३०, यूकेमा ८२८ जना, जर्मनमा २२४ जनाको मृत्यु भएको छ।