काठमाडौं । अभिनेता राजेश हमालले आक्रोशित भएर कडा र कठोर प्रतिक्रिया नराख्न र सम्बन्धित व्यक्तिलाई क्षमा गर्न आफ्ना शुभचिन्तकसँग आग्रह गरेका छन् ।
अभिनेत्री दीपाश्री निरौलाले केही साता अघि एक अन्तर्वार्ताका क्रममा अभिनेता हमाल महानायक हुन् र भन्दैं प्रश्न गरेकी थिइन् । उनको यस्तो भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनको चर्को विरोध र आलोचना भइरहेको छ ।
हमालका समर्थकले निरौलासहित दिपकराज गिरीमाथि सामाजिक सञ्जालमा आक्रोशपूर्ण अभिव्यक्तिलाई लामो समय जारी राख्दा अभिनेता हमालले सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै आक्रोशमा आएर एक्कासी झट्ट कडा प्रतिक्रिया दिँदा उसको व्यक्तित्व र मानवतामा आघात र चोट पुग्ने भएकाले यस्तो कार्य नगर्न आफ्ना समर्थकलाई अपिल गरेका छन् ।
अभिनेत्री निरौला,गिरी लगायतले महानायक प्रकरणमा बारम्बार माफी मागेको भएपनि उनीहरुमाथिको आक्रमण नरोकिएको भन्दै धेरैले हमालले आफ्ना फ्यानहरुलाई त्यस्तो नगर्न आग्रह गर्नुपर्ने बताउँदै आएपनि अभिनेता हमाल भने मौन थिए । तर मंगलबार राति लाइभमा आउँदै उनले आफू सहिष्णु भएको प्रतिक्रिया जनाएका छन् ।
मलाई व्यक्तिगत हिसावमा सोध्नुहुन्छ भने ममा सहिष्णुता छ । त्यस्ता किसिमका भनाइ अभिव्यकतिलाई नजरअन्दाज गरेर आफ्नो काममा हिडिँरहने सहिष्णुता छ । यो तपाईहरुले दिनुभएको उर्जाबाट प्राप्त भएको हो । त्यसैले यसमा यहाँहरुको भूमिका छ । लाइभमा हमालले भनेका छन् ।
उनले विवादबारे कुरा गरेपनि लाइभमा एक पटक पनि अभिनेत्री दिपाश्री निरौला वा अन्य कोही व्यक्तिको नाम लिएनन् ।
बढो कुटनीतिक र वौद्धिक रुपमा प्रश्तुत भएका हमालले समर्थकबाट सकारात्म प्रतिक्रियाको अपेक्षा राखेको जनाए ।
कलाकारहरुलाई यहाँहरुले अघि बढ्नलाइ एउटा सहज बातावरण सिर्जना गरिदिनु हुनेछ भन्ने आशामा छु हमालले भने ।
लाइभमा हमालले यसो भने
हालै मेरा सहकर्मीले एउटा सार्वजनिक मञ्चमा केही भनाइ राख्नु भयो । त्यो सुनेर दर्शकहरुले असन्तुष्टिमात्र व्यक्त गर्नु भएन एक किसिमले आक्रोश पोख्नु भयो ।
एक तहबाट हेर्दा आफूलाई ठेस पुग्ने भावनालाई ठेस पुग्ने कुरा कसैले राख्छ भने झट्ट आक्रोशित भएर त्यही मनस्थितिबाट निर्देशित भएर एक दम कडा भन्दा कडा कठोर एक हिसावबले ठाडो प्रतिक्रिया दिन या राख्नु तर फेरि अर्कको तहबाट अलि फराकिलो र वृहत रुपमा हेरेउँ भने एउटा व्यक्तिले पेशागत वा विशेषा इन्ट्रेस्टले कुनै अभिव्यक्ति सार्वजनिक स्थलमा राख्नु हुन्छ भने एक्कासी झट्ट यस्तो प्रतिक्रिया दिने जसले गर्दा उसको व्यक्तित्व र मानवतामा आघात पुगोस् चोट पुगोस् ।
यस्तो कार्य गर्नु सही हुँदैन ।
मलाई व्यक्तिगत हिसावमा सोध्नुहुन्छ भने ममा सहिष्णुता छ । त्यस्ता किसिमका भनाइ अभिव्यकतिलाई नजरअन्दाज गरेर आफ्नो काममा हिडिँरहने सहिष्णुता छ । यो तपाईहरुले दिनुभएको उर्जाबाट प्राप्त भएको हो । त्यसैले यसमा यहाँहरुको भूमिका छ ।
दर्शक र जनसमुदायलाइ हृदयदेखि अनुरोध गर्न चाहन्छु अलि फराकिलो भएर अलि वृहत चित्रलाई मनन गरर सकारात्मक रुपमा कसैको मनावताका लागि कसैको मानवतामा आँच नपुग्ने गरि आफ्ना अभिव्यक्तिहरु प्रकट गरु ।
यो कला क्षेत्र विभिन्न कलाकारहरु सलग्न छ । यो मेरो वा कसैको मात्र पनि होइन । यो राष्ट्रको कलाक्षेत्र तपाइहरुको पनि हो । मैदानमा हामी उत्रन्छौ मिहेनत गर्छौ त्यसको पछाडि उर्जा तपाइहरुबाट हुन्छ । त्यसैले तपाइको भूमिका अन्यन्त ठूलो हुन्छ ऽ
यो राष्टको सिने र कलाक्षेत्रका लागि मानवताका लागि अत्यन्त नै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई क्षमा दिनु होला । कलाकारलाई सिर्जना पस्कन प्रेरित पनि गरिरहनु होला ।
सकारात्म प्रतिक्रियाको अपेक्षा राख्छु । कलाकारहरुलाइ यहाँहरुले अघि बढ्नलाइ एटा सहज बातावरण सिर्जना गरिदिनु हुनेछ भन्ने आशामा छु ।