फिफा विश्वकप २०२६ को अन्तिम १६ मा युरोपका दुई दाबेदार टोली पोर्चुगल र स्पेनबीच प्रतिस्पर्धा हुने भएको छ।
क्रोएसियालाई २–१ ले हराउँदै पोर्चुगलले अन्तिम १६ मा स्थान बनाएको हो। एक गोलले पछि परेको अवस्थामा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत बराबरी गोल गरे भने इन्जुरी समयमा गोन्कालो रामोसले विजयी गोल गरे। स्पेनले अस्ट्रियालाई ३–० ले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको थियो।
यो खेलमा ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो र युवा स्टार लामिन यमालबीचको रोचक प्रतिस्पर्धाले विशेष आकर्षण पाउने अपेक्षा गरिएको छ। रोनाल्डोले विश्वकपमा डेब्यु गर्दा यमाल जन्मिएका पनि थिएनन् भने यमालले यसै संस्करणबाट विश्वकप यात्रा सुरु गरेका हुन्।