सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढ्यो

  • प्रकाशित मिति : २०८३ असार २८, आईतवार
  • नेपाल टेल संवाददाता

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार २ लाख ८८ हजार रुपैयाँ कायम भएको हो।



यता, चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ४७५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।