धितोपत्र बोर्ड घेर्न पुगे लगानीकर्ता

  • प्रकाशित मिति : २०८३ असार ३०, मंगलवार
  • नेपाल टेल संवाददाता

सेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन)को कार्यालय घेराउ गरेका छन्।

मंगलबार बिहान तिलक कोइरालाको नेतृत्वमा लगानीकर्ताहरू ललितपुरको खुमलटारस्थित बोर्डको केन्द्रीय कार्यालय पुगेका हुन्।



सोमबार नेप्से परिसूचक ३०.६० अंकले घटेर २ हजार ५७० बिन्दुमा झरेपछि लगानीकर्ताले बजार सुधारको माग गर्दै विरोध जनाएका छन्।