नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ हजार ६०० र चाँदी ५० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल एक तोला सुनको मूल्य ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार एक तोला सुन ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला ४ हजार ७१० रुपैयाँ कायम भएको छ । शुक्रबार एक तोला चाँदी ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ३७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।