लन्डनमा सेप्टेम्बर ११ मा ‘तीज धमाका २०८३’ हुने

  • प्रकाशित मिति : २०८३ श्रावण ३१, आईतवार
  • नेपाल टेल संवाददाता

लन्डन । हरितालिका तीजको अवसरमा बेलायतको लन्डनमा ‘तीज धमाका २०८३’ आयोजना हुने भएको छ। मिलानोयर इभेन्ट्सको आयोजनामा हुने कार्यक्रम सेप्टेम्बर ११, २०२६ मा द रोयल रिजेन्सी, म्यानर पार्कमा हुनेछ।

कार्यक्रममा बद्री पंगेनी, समीक्षा अधिकारी र दुर्गेश थापाले सांगीतिक प्रस्तुति दिनेछन्।



कार्यक्रम साँझ ६ बजेदेखि राति ११ः४५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार कार्यक्रममार्फत बेलायतमा नेपाली कला, संस्कृति र तीजको मौलिक माहोल प्रस्तुत गर्ने लक्ष्य राखिएको छ। टिकट बिक्रीसमेत सुरु भइसकेको छ।