सेयर कारोबारी दीपेन्द्र अग्रवाल, परिवार तथा साझेदारको बैंक खाता रोक्का

  • प्रकाशित मिति : २०८३ भाद्र ३, बुधबार
  • नेपाल टेल संवाददाता

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सेयर कारोबारी दीपेन्द्र अग्रवाल, उनका परिवारका सदस्य र केही साझेदारका बैंक खाता रोक्का गरेको छ।

अग्रवालमाथि सेयरको मूल्य कृत्रिम रूपमा बढाउने, झुटा कारोबार गर्ने र बजार प्रभावित पार्ने आरोपमा अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा करिब ५५ अर्ब रुपैयाँको नेटवर्थ देखिएपछि सम्पत्ति शुद्धीकरणको कोणबाट समेत अनुसन्धान अघि बढाइएको सीआईबी स्रोतले जनाएको छ।



यसअघि नेपाल धितोपत्र बोर्डको अध्ययनपछि अग्रवाल पक्राउ परेका थिए। सीआईबीले उनले आफन्त तथा साझेदारसँग वास्तविक स्वामित्व परिवर्तन नहुने गरी कारोबार गरेको र अन्य व्यक्तिका कारोबार खाता समेत सञ्चालन गरेको आरोपमा अनुसन्धान गरिरहेको छ।

यसैबीच, अग्रवालसँग जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी हेली रिसोर्ट पनि विवादमा छ। रिसोर्ट बन्द रहेको र बैंकले तेस्रो पटक लिलामी प्रक्रिया अघि बढाएको बताइएको छ।