साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १०.६७ घट्दै २ हजार ६१८.७२ विन्दुमा झरेको हो ।
अघिल्लो दिन नेप्से सूचक ७.१७ अंकले बढेको थियाे । आज नेप्सेसँगै कारोबार समेत घटेको छ । नेप्सेका अनुसार आज ४ अर्ब १६ करोड ७६ लाख रुपैयाँ बराबरको १ करोड २२ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ ।
अघिल्लो दिन ७ अंकमाथिले सूचक बढ्दा ४ अर्ब ४० करोड १४ लाख ९ हजार रुपैयाँ बराबरको ९५ लाख ७६६ कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको थियो ।
आज म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । १९८ कम्पनीको शेयरमूल्य घट्दा आज जम्मा ७० वटा कम्पनीको मात्र मूल्य बढेको छ ।
सर्वोत्तम पेन्टस इन्ड्रस्ट्रीको शेयर मूल्य आज पनि १४.९९ प्रतिशतले बढेको छ भने पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको शेयरमूल्य १३.८६ प्रतिशतले बढेको छ ।