लन्डन । बेलायतको आशफोर्ड केन्टमा कवि नरेश काङमाङ राईको एकल कविता वाचन कार्यक्रम आयोजना हुने भएको छ ।
‘शब्दमा जीवन छ, कवितामा आत्मा छ…’ भन्ने मूल भावसहित आयोजना हुने कार्यक्रममा कवि राईले आफ्ना सिर्जना प्रस्तुत गर्नुहुनेछ । कार्यक्रम २२ नोभेम्बर २०२६ का दिन गोडिङ्टन भिलेज हल लन्डन आशफोर्ड केन्टमा हुनेछ ।
दिउँसो १ बजेदेखि हुने कार्यक्रमको आयोजक इकोज अफ पर्वत पोडकास्ट रहेको छ । कविता तथा साहित्यप्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गरेको छ ।
टेम्के मैयुङ्ग गाउँपालिका नागी-४, भोजपुरमा विसं. २०३४ मा जन्मिएका काङमाङका आँसुको दोभान संयुक्त कवितासंग्रह विसं. (२०६१), अनुहारमा लुकाइएका चोटहरू कवितासंग्रह विसं (२०६५), पप्पी फूल कवितासंग्रह सन् (२०७४), युद्ध बोकेको सिताङ युद्ध उपन्यास विसं. (२०६८), खुकुरीको धारमा दुई शताब्दी ‘लाहुरेका युद्ध कथा र व्यथाहरू विसं. (२०७१), ‘पानी पतिया’ निबन्ध (२०८१), फियरलेस वरिवर (अंग्रेजी भाषामा) सन् (२०१५) बेलायतको प्रकाशन हाउस ओलम्पियाबाट प्रकाशित, एघार नोभेम्बर कथासंग्रह (२०७५), साखुङवारा-किराँत राई भाषीहरूको जन्मदेखि मृत्यु संस्कार (२०७७) प्रकाशित भइसकेका छन् ।
५ लाख २ हजार २ रुपैयाँ राशिको पहिचान पुरस्कार संस्थापक (२०१५) का संस्थापक काङमाङ भोजपुर प्रतिभा प्रतिष्ठान संस्थापक सचिव बने भने नवप्रतिभा युवा क्लब नागी-४ भोजपुर फुटबल ग्राउन्ड निर्मातामध्येको एक हुन् उनी । प्रतिष्ठित पुरस्कार पाएका राईले कृति सम्पादन गर्नुहुन्छ । राई विभिन्न क्षेत्रमा संलग्न रही सामाजिक क्षेत्रमा क्रियाशील रहनुभएको छ ।