नामिबिया–स्कटल्यान्ड ट्राई सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो, को-को परे ?

  • प्रकाशित मिति : २०७८ असार ४, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी सीडब्लुसी लिग २ अन्तर्गत हुने नेपाल–नामिबिया–स्कटल्यान्ड ट्राई सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

क्यानले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। नेपाली टोलीमा पृथु बास्कोटाले पुनरागमन गरेका छन् । त्यस्तै शरद भेसवाकर र विक्रम सोबले पनि टिममा स्थान बनाएका छन् ।



नेपाली टोली :
ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ सेख, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आसिफ सेख, शरद भेसवाकर, , कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनास बोहरा, सन्दीप जोरा, साहव आलम, सुशान भारी, विक्रम सोब, पवन सरार्फ र पृथु बास्कोटा ।