एजेन्सी। युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) चार खेलहरु हुँदैछन्।
युरोकपमा आज समूह चरणका अन्तिम चार खेलहरु हुने छन्। जसमा समूह ‘ई’ र समूह ‘एफ’ को २/२ खेलहरु हुनेछन्। जारी युरोकपमा १२ टिमले नकआउट चरणमा स्थान बनाईसकेको छ।
समूह ‘ई’ मा रहेको स्पेनले आज राति स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ। सेभियामा हुने स्पेन र स्लोभाकियाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ।
स्पेनलाई नकआउट चरणमा प्रवेश गर्नका लागि यस खेल महत्वपूर्ण रहेको छ। स्पेन स्लोभाकियालाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ। स्पेन २ खेलमा २ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ।
स्लोभाकिया पनि स्पेनलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ। स्लोभाकिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। यसै समूहको अर्को खेलमा स्विडेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल रातिपौने १० बजे सुरु हुनेछ।
स्विडेन ४ नाक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ। स्विडेन नकआउट चरणमा पुगिसकेको छ। तर, पोल्याण्डलाई हराएर स्विडेन समूह विजेता बन्दै अन्तिम १६ मा पुग्ने योजनामा रहेको छ। पोल्याण्ड १ अंक जोडेर समूहको पुछारमा रहेको छ। पोल्याण्डको पनि अर्को चरणमा पुग्ने सम्भावना कायम रहेको छ।
समूह ‘एफ’ अन्तर्गत पोर्चुगलले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। साविक विजेता पोर्चुगल र फ्रान्सबीचको खेल राति पौने १ बजे सुरु हुनेछ। पुस्कास स्टेडियममा पोर्चुगल फ्रान्सलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ। पोर्चुगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ। समूहको शीर्ष स्थानाम रहेको फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ। पोर्चुगललाई हराएर फ्रान्स समूह विजेता बन्न चाहन्छ।
यसै समूहको अर्को खेलमा जर्मनीले हंगेरीसँग खेल्नेछ। जर्मनी र हंगेरीबीचको खेल राति पौने १ बजे सुरु हुनेछ।
जर्मनी २ खेलम ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ। हंगेरीलाई हराएर जर्मनी अन्तिम १६ को यात्रा तय गर्न चाहन्छ। हंगेरी १ अंक जोडेर समूहको पुछारमा रहेको छ। हंगेरी पनि जर्मनीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ।