नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृंखला स्थगित

  • प्रकाशित मिति : २०७८ असार १०, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जुलाई अन्तिम सातादेखि स्पेनमा हुने भनिएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृंखला स्थगित भएको छ।

कोभिड–१९ को कारण तय भएको सिरिज स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। क्यानका सचिव अशोकनाथ प्याकुरेलले श्रृंखला जुलाई २०२२ सम्मका लागि स्थगित भएको जानकारी दिएका हुन्।



श्रृंखलाको तयारीका लागि नेपालले मंगलबारदेखि प्रशिक्षण समेत सुरु गरेको थियो।