प्रधानमन्त्री ओलीद्वारा मोदीलाई शुभकामना

  • प्रकाशित मिति : २०७७ श्रावण ३१, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएका छन्।

शनिवार भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई प्रधानमन्त्री ओलीले ट्विट मार्फत शुभकामना दिएका हुन।



प्रधानमन्त्री ओलीले ट्विटमा भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले भारतीय जनताको थप प्रगति र समृद्धिको पनि कामना गरेका छन्।

https://twitter.com/kpsharmaoli/status/1294457891005575169?s=19
नयाँ नक्सा जारी गरेपछि पहिलो पटक प्रधानन्त्री ओलीले मोदीलाई मेन्सन गर्दै शुभकामना सन्देश जारी गरेका हुन।