नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँः भारतीय प्रधानमन्त्री मोदी

  • प्रकाशित मिति : २०८३ जेष्ठ २०, बुधबार
  • नेपाल टेल संवाददाता

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता गरेका छन् । बुधबार दिउँसो उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ । भेटपछि मोदीले लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुसी लागेको बताएका छन् । उनले साझा समृद्ध भविष्यका लागि सँगै नजिकबाट काम गर्ने लामिछानेको चाहनालाई आफूले स्वागत र पूर्ण रूपमा समर्थन गर्ने बताएका छन् ।



उनले भनेका छन्, ‘हाम्रो ‘नेबरहुड फस्र्ट’ नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो । नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन हामी उत्सुक छौँ।’

सोमबार भारत भ्रमणमा गएका लामिछानेलाई मंगलबार भाजपा कार्यालयमा भव्य स्वागत गरिएको थियो । मंगलबार नै भारतीय विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि लामिछानेले भेटवार्ता गरेका थिए ।