परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन्। भारतीय परराष्ट्रमन्त्री एस जयशंकर को औपचारिक निमन्त्रणामा मन्त्री खनाल आगामी जुन ६ र ७ मा नयाँदिल्ली जाने कार्यक्रम तय भएको हो।
परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार खनालको भ्रमण औपचारिक प्रकृतिको हुनेछ। भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य तथा साझा हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यसैबीच, हाल भारत भ्रमणमा रहेका रवि लामिछाने नेतृत्वको टोलीले उच्चस्तरीय भेटघाट गरिरहेका बेला रास्वपा नेतृत्वको सरकारका परराष्ट्रमन्त्री खनालको भ्रमण तय भएको हो।
नयाँदिल्लीमै रहेका रास्वपा सचिवालय सदस्य दिपक बोहरा ले बीबीसी नेपाली सेवासँग कुरा गर्दै मन्त्री खनालको भ्रमणका क्रममा द्विपक्षीय हितसँग सम्बन्धित सबै विषयलाई समेटेर ‘चेकलिस्ट’ का आधारमा काम अघि बढाइने बताएका छन्।
भ्रमणका क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्ध, आर्थिक सहकार्य, व्यापार, ऊर्जा तथा पारस्परिक चासोका अन्य विषयमा समेत छलफल हुने जनाइएको छ।