चितवन । चितवनको भरतपुरस्थित भरतपुर अस्पतालमा गरिएको परिक्षणमा डाक्टर र नर्ससहित एकैदिन २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्ला दिनमा संक्रमितको संख्या अत्याधिक बढीरहेको भरतपुर महानगर क्षेत्रका २१ जना, रत्ननगर नगरपालिका ४ जना, खैरहनी नगरपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको छ ।
अस्पताल स्रोतका अनुसार भरतपुर वडा नं। ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, चितवनको रत्ननगर ५ र १२ का ३ पुरुष र एक महिलामा संक्रमण देखिएको छ । त्यसैगरी, चितवनकै खैरहनी नगरपालिका–८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।