आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता तय

  • प्रकाशित मिति : २०८३ असार ३, बुधबार
  • नेपाल टेल संवाददाता

८ वटा विश्वविद्यालयका नयाँ उपकुलपति छनोटका लागि उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता असार १३ देखि १५ गतेसम्म हुने भएको छ। सिफारिस समितिले आज तालिका सार्वजनिक गरेको हो।

असार १३ गते त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता हुनेछ। १४ गते पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता तय गरिएको छ।



त्यस्तै, पोखरा विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता असार १५ गते हुनेछ। उम्मेदवारहरूलाई तोकिएको समयभन्दा एक घण्टा अगावै सक्कल कागजातसहित उपस्थित हुन आग्रह गरिएको छ।

खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रिया अघि बढाइएको हो। विज्ञहरूको मूल्यांकनका आधारमा सिफारिस समितिले उपकुलपतिको नाम कुलपतिसमक्ष सिफारिस गर्नेछ।