सभामुखप्रति सम्मान नदेखाएको भन्दै दुई मन्त्रीमाथि संसदमा प्रश्न

  • प्रकाशित मिति : २०८३ असार ३, बुधबार
  • नेपाल टेल संवाददाता

प्रतिनिधि सभा बैठकमा सभामुखप्रति सम्मान नदेखाएको भन्दै दुई मन्त्रीको व्यवहारमाथि प्रश्न उठाइएको छ।

आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख बैठक कक्षमा प्रवेश गर्दा अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल आफ्नो आसनमै बसेको थिए । नेकपा एमालेका सांसद ऐन महरले यसप्रति आपत्ति जनाए।



प्रतिनिधि सभा नियमावली, २०८३ अनुसार सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबै सदस्यले उठेर सम्मान गर्नुपर्ने व्यवस्था छ। महरले सदनको गरिमा र मर्यादा कायम राख्न सबै सांसद तथा मन्त्री जिम्मेवार बन्नुपर्ने बताए।

उनले उक्त घटनाले संसदीय मर्यादामाथि प्रश्न उठाएको भन्दै नियमको पालना गर्न सबैको ध्यानाकर्षण गराए।