बारामा प्रहरीले किन चलायो १३ राउण्ड गोली ?

  • प्रकाशित मिति : २०७७ भाद्र १, सोमबार
  • नेपाल टेल संवाददाता

बारा । कुलोमा माछा मारेको र डुबानको विषयमा झडप हुँदा प्रहरीले बारामा गोली चलाएको छ ।

दुई पक्षबीच झडप हुँदा प्रहरीले हावामा १३ राउण्ड गोली चलाएको हो ।



सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका वासिन्‍दाबीचको झडप नियन्त्रणमा लिन हवाइ फायर गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

झडपका क्रममा चार जना प्रहरी र १२ जना सर्वसारधण घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ ।

विवादले उग्र रुप लिँदा झडप भएको डीएसपी मिश्रले बताए । ‘गाउँ गाउँबीच नै आक्रमण र प्रतिकार शुरु भएछ, घरटहरा समेत भत्काउन शुरु गरेपछि प्रहरीले हवाइ फायर गर्नु परेको उनले बताए ।