मन्त्रिपरिषद् बैठक स्थगित, कुलमानबारे शुक्रबार निर्णय हुने

  • प्रकाशित मिति : २०७७ भाद्र २५, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं ।मन्त्रिपरिषद्को बिहीबार बोलाइएको बैठक स्थगित गरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सत्तारुढ नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपीशर्मा ओली व्यस्त भएकाले मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।



मन्त्रीहरूलाई बिहीबार साँझ बैठकमा आउन भनिएको थियो भनिएकोमा बिहान १० बजेतिर मन्त्रिपरिषद् बैठक स्थगित भएको जानकारीदिइएको थियो ।

मन्त्रिपरिषद्को आगामी बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति तयारी रहेको छ । ऊर्जा जलस्रोत तथासिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिबारे यसअघि ने मन्त्रिपरिषद्को बैठकमा छलफल गरेका थिए ।

कुलमान घिसिङलाई नै निरन्तरता दिने गरि छलफल जारी रहेको स्रोतको भनाई छ ।