मठ मन्दिर खुलाउन विश्व हिन्दू महासङ्घको आग्रह

  • प्रकाशित मिति : २०७७ भाद्र २७, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । विश्व हिन्दू महासङ्घले ६ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल खुलाउन माग गरेका छन् ।

महासङ्घले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरेको छ।



महाङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले शुक्रबार एक विज्ञप्ति जारी गरी अन्य क्षेत्र भौतिक दूरी कायम गरी खुलाउने तर मठ, मन्दिर, गुम्बा, चैत्य जस्ता स्थल बन्द गरिरहने सरकारको नीतिप्रति आपत्ति जनाइएको हो।

पशुपतिनाथ, स्वयम्भूनाथ, पशुपतिनाथलगायत मुख्य धार्मिक स्थलमा दर्शन एवं पूजा आराधना गर्न चैतदेखि निषेध गरिएको छ।

अन्य क्षेत्रहरु खुला भएपनि मन्दिरहरुमा सर्वसाधारणको प्रवेश निषेध खुलाईएको छैन ।