लन्डन । बेलायतमा पूर्वगोर्खामाथिको आक्रमणप्रति रस्मोर बरोका काउन्सिल लिडरले निन्दा गरेका छन् ।
अल्डरसटस्थित म्युनिसिपल पार्कमा बुधबार साँझ आयोजित सद्भाव कार्यक्रममा रस्मोर बरोका काउन्सिल लिडर ग्यारेथ विलियम्स, डेपुटी काउन्सिल लिडर सोफी पोर्टरलगायतले घटनाप्रति दु:ख व्यक्त गर्दै आक्रमणको निन्दा गरेका हुन् । उनीहरुले अपराधिक मानसिकताका एक व्यक्तिबाट भएको यो कार्यले स्थानीय सिंगो बेलायती समुदायको प्रतिनिधित्व नगर्ने प्रस्ट पारे ।
उनीहरुसँगै नेपाली र बेलायती समुदायले एकै ठाउँमा भेला भएर सामुदायिक एकता र सद्भावका लागि अपिल गरेका छन् ।
अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपालकी अध्यक्ष पनि रहेकी सांसद एलेक्स बेकरले उक्त घटनाबारे ह्याम्पसायर पुलिससँग आफूले कुराकानी गरेको र प्रहरीले उक्त क्षेत्रमा गस्ती बढाउन सहमति जनाएको बताइन् ।
मंगलबार बेलुका तीन जना नेपाली वृद्धहरूमाथि आक्रमण भएको थियो । कार्यक्रममा स्थानीय रसमेर बरो र ह्याम्पसायर काउन्टीलाई प्रतिनिधित्व गर्ने कयौं अधिकारीसहित बेलायती समुदायका उल्लेख्य सदस्य सहभागी थिए ।
भेला संयोजन गरेका स्थानीय युवा राजनीतिकर्मी तथा जीआरएनसी यूकेका उपाध्यक्ष डा. विशाल गुरुङले गरेका थिए ।