काठमाडौं, बैशाख १२। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले अध्यादेश फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेको छ।
संवैधानिक परिषद र दल विभाजनसम्वन्धी अध्यादेश सर्वसत्तावादको पछिल्लो कडीको रूपमा आएको संघका नेताहरुले बताए। अध्यादेश खारेज नभएसम्म विरोध जारी रहने संघले जनाएको छ।