आज सोमबार । आजको दिन भगवान शिवको पूजा उपासना गर्दा फाइदा पुग्ने हिन्दूधर्म शास्त्रमा उल्लेख गरिएको छ ।
हुन त भगवान शिवको नित्य पूजा गर्नुपर्ने शास्त्रमा उल्लेख गरिएको छ तर सोमबारको दिन भगवान शिवको विशेष पूजा उपासना गर्दा फाइदा पुग्ने धार्मिका विश्वास छ ।
सोमबारको दिन विशेष रुपमा भगवान शिवको वर्त बस्ने र आफूले चाहेको वर माग्ने गर्छन। सोमबारको दिन भगवान शिवको पूजा आराधना गर्नाले मनाकनामा पूरा हुने विश्वास रहेको छ।
ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार सोमबारको कारक ग्रह चद्र हो भने यसको स्वामी शिव हो।
त्यसैले यस दिन चन्द्र र शिव जोडिएकोले उपासना गर्नु उत्तम मानिन्छ। आज हामी तपाईहरुलाई ज्योतिषशास्त्रमा उल्लेख भए अनुसार सोमबारको दिन गर्नुपर्ने कार्यहरु बारे जानकारी दिन जाँदै छौँ जसले दुर्घटनाको योग र मृत्यु भयबाट छुट्कारा दिलाउने गर्छ।
शिवजीको पूजा आरधना धेरै फलदायी हुने र यसको फलस्वरूप भगवान शिवले सम्पूर्ण भक्तजनको मनोअकंक्षा पुरा गरिदिने मान्यता रहेको छ।
जुन व्यक्तिको कुण्डलीमा ग्रहको दोष रहेको छ उसले जीवनका हरेक पाइलामा असफलता भोग्नु पर्ने हुन्छ।
त्यसैले आज हामी तपाईहरुलाई सोमबारको दिन भगवान शिवको पूजा विधि सहित जप्नुपर्ने मन्त्रहरुको बारेमा जानकारी दिन जाँदै छौँ जसबाट शिव छिटो प्रसन्न भई वरदान दिने र जीवनमा सफलता मिल्ने गर्छ।
मन्त्र
ऊं नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ऊं’ , नमो नीलकण्ठाय, ऊं पार्वतीपतये नमः, ऊं पशुपतये नमस्
पूजा विधि
सोमबारको दिन विहान सबेरै उठेर पूर्ण शरिर नुहाएर घरमा सम्भव नभए नजिकको शिव मन्दिर गाई शिव, माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुहोस्। यस पश्चात शिवलिङ्गमा चन्दन। चामल, बेलपत्र र धतुरोको फुल चढाउनुहोस्।
यस पछि पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घिउ वा सक्खरको भोग लगाउनुहोस् र अन्तिममा धुप ,दिप बालेर आरती गर्नुहोस्।
कष्ट हटाउन यसो गर्नुहोस्
१ शिवलाई जल या दूधको अभिषेक गर्नु राम्रो मानिएको छ ।
२ मानसिक, शारीरिक या आर्थिक कष्ट छ भने कुलदेवताको पूजा गर्नुहोस् ।
३ चामल, दूध, चाँदी दान गर्नुहोस् ।
४ चन्द्रमाले कष्ट दिएमा चाँदीलाई नदीमा बगाउनाले सबै कष्ट या समस्याहरु बगेर जानेछ ।
५ चादीको औठी र सेतो मोती धारण गर्नाले पनि लाभ प्राप्त हुन्छ ।
६ खीर खानु पनि शुभ हुन्छ ।
७ जसको चन्द्रमा कमि छ त्यस व्यक्ति सेतो कपडा र चन्दनको सेतो टीका लगाउनुहोस् ।