सोल्टी होटलको सञ्चालक समितिमा हेरफेर

  • प्रकाशित मिति : २०७७ कार्तिक १८, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । सोल्टी होटल लिमिटेडको सञ्चालक समितिमा हेरफेर भएको छ ।

कम्पनीका अनुसार कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थागत सेयरधनी होलिडे इन्स् इन्भेस्टमेन्ट (नेपाल) लिमिटेड अलग भएको छ ।



गत असोज ११ देखि नै सेयरधनी नरहेको उक्त कम्पनीबाट सोल्टी होटल लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक भेंकटेश गोमाटास र उनको वैकल्पिक सञ्चालक विवेक भल्लाले आ–आफ्नो पदबाट राजीनामा दिएका थिए ।

हाल कम्पनीको सञ्चालकमा दिनेशबहादुर विष्ट कार्यकारी अध्यक्ष छन् भने शशिराज पाण्डे, रविभक्त श्रेष्ठ, राजेशकाजी श्रेष्ठ, निरञ्जनकुमार टिबरेवाला, जयाराज्य लक्ष्मी शाह, गणेशबहादुर चन्द र प्रकाशविक्रम खत्री सञ्चालक रहेका छन् ।