नेपाली भूमि कब्जा गरिएको भन्ने कुरा हल्ला र आधारहीन: चिनियाँ विदेश मन्त्रालय

  • प्रकाशित मिति : २०७७ कार्तिक १८, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । चिनियाँ विदेश मन्त्रालयले नेपालको कुनै पनि भूमि नमिचेको दोहर्‍याएको छ ।

मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनले नेपालको भूमि कब्जा गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु हल्ला र आधारहीन भएको बताएका हुन् ।



चीनले नेपाली सीमा मिचेको बारे नेपालमा चर्को विरोध भइरहेको बेला चीनको यस्तो धारणा आएको हो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि नेपाली भूमि चिनियाँ पक्षबाट मिचिएको दाबी गरेको थियो। कांग्रेसको अध्ययन टोलीले गरेको स्थलगत अध्ययनपछि यस्तो आरोप लगाएको थियो।

नेपालको सीमा मिचिएको बारे चीनले खण्डन गर्दै यो पूर्णरुपमा हल्लामात्र भएको र यसमा विश्वास गर्ने आधार नभएको दाबी गरेका छन्।

सोमबार द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको भन्दै समाचार प्रकाशित गरेको थियो ।

उक्त समाचारको खण्डन गर्दै विदेश प्रवक्ता वेनबिनले नेपालको भूमि चीनले नमिचेको बताएका हुन् ।