काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विवादित दुई अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्याएको जनाएको छ।
काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले एक ट्विट मार्फत अब सरकारले ‘अपहरणको घटना’मा संलग्नहरुमाथि कारवाही गर्नुपर्ने बताएका छन्।
समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको राजनीतिक अपहरण घटनामा पूर्वआईजिपी तथा सांसदहरु संलग्न भएको आरोप लागेको छ।