सुनको मूल्य घट्यो

  • प्रकाशित मिति : 2020-11-05
  • nepaltale.com

काठमाडौं। सुनको मूल्यको घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ९६ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

बुधबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँले बढेर १२१० रुपैयाँमा कारोबार भएको छ ।