राष्ट्रपतिले खारेज गरिन् दुई अध्यादेश

  • प्रकाशित मिति : २०७७ बैशाख १२, शुक्रबार
  • nepaltale.com

काठमाडौं, बैशाख १२। राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि प्रमाणीकरण गरेको दुई अध्यादेश खारेज गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शुक्रबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी हुन् ।

उनले संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेश खारेज गरेकी हुन् । गत सोमबार राष्ट्रपतिले सोही अध्यादेश सरकारको सिफारिसमा प्रमाणीकरण गरेकी थिइन् ।

तर चौतर्फी विरोधपछि सरकारले शुक्रबार नै अध्यादेश फिर्ता गर्ने निर्णय गरेको थियो ।