आगलागीबाट पाँचथरमा एक घर पुर्ण रुपमा जल्यो

  • प्रकाशित मिति : २०७७ मंसिर २३, मंगलवार
  • नेपाल टेल संवाददाता

पाँचथर। आगलागीबाट पाँचथरको फिदिम ४ तिरतिरेमा एक घर पुर्ण रुपमा जलेको छ । सोमनाथ ढकालको घरमा बिधुतशर्ट भइ आगलागी हुँदा घर पुर्णरुपमा जलेको हो, आगलागी हुँदा रु १३ लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद करीब रु. एक लाख, पाँच तोला सुनसमेत जल्दा करीब रु १३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।



आगलागी फिदिम नगरपालिकाका दुई वटा वारुण यन्त्रको सहायतामा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।