अमेरिकामा एकैदिन दुई हजार ८ सय ३२ जना कोरोना संक्रमितको मृत्यु

  • Published Date : 2020-12-09
  • nepaltale.com

काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट एकैदिन दुई हजार ८ सय ३२ जनाको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ९३ हजार ३ सय ३३ पुगेको छ ।



त्यस्तै अमेरिकामा एकैदिन एक लाख ९९ हजार ६ सय ८१ जनामा संक्रमण देखिएको छ ।

यसरी कुल संक्रमितको संख्या एक करोड ५५ लाख ८३ हजार २ सय ६९ पुगेको छ ।

त्यस्तै अमेरिकामा ९० लाख ७८ हजार ४ सय ७५ जना संक्रमित उपचारपछि निको भएका छन् ।