लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदका लागि दरखास्त आह्वान (विज्ञापन सहित)

  • प्रकाशित मिति : २०७७ मंसिर २४, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्दै शाखा अधिकृत पदमा दरखास्त आह्वान गरेको छ ।

आजको गोरखापत्रमा सूचना प्रकाशित गर्दै आयोगले पुस २४ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म दरखास्त बुझाउन सकिने जनाएको छ ।



आयोगका अनुसार प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु १ हजार बुझाउनुपर्नेछ । एकै सेवा / समूह / उपसमूहको पदका लागि समावेशी समूहतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि रु ४ सय थप दस्तुर बुझाउनुपर्ने आयोगले जनाएको छ ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइनबाट दरखास्त दिन सकिने जनाइएको छ । परीक्षा मिति पछि प्रकाशित गरिने जनाइएको छ ।

यस्तो छ विज्ञापन