शुक्रवार गर्नुस् यस्तो कार्य, पुग्नेछ लाभ

  • प्रकाशित मिति : २०७७ पुष ३, शुक्रबार
  • nepaltale.com

काठमाडौं । घरमा सुख समृद्धि बनाइ राख्नको लागी देवी लक्ष्मीको पुजा भगवान बिष्णुको साथमा गरिरहनु पर्छ ।

ज्योतिषका अनुसार हप्ताको सातै दिन अलग-अलग देवी देवताहरुसंग सम्वन्धित छन् ।

शुक्रवार देवी लक्ष्मीको बिशेष पुजा गरिन्छ । महालक्ष्मीलाई प्रसन्न गर्नको लागी शास्त्रमा धेरै उपाय बताइएको छ । यी उपाय मध्य केहि उपाय यस्ता छन् जुन बिशेष गरी हरेक शुक्रवार गर्नुपर्छ । यस्ता छन् ति उपाय:

१. पहिलो उपाय
माता लक्ष्मीको कृपा पाउने यो सबैभन्दा राम्रो उपाय हो । देवीको मन्त्रको जप गर्नु । घरको पुजा कोठा वा अन्त कुनै मन्दिरमा जानुस र देवी लक्ष्मीको पुजा गर्नुस र घ्युको दियो बाल्नुस ।

पुजापछि ऊँ श्रीं श्रीये नम: मन्त्रको जप १००८ चोटी गर्नुस । यदि सम्वभ छ भने यो उपाय शुक्रवारबाट सुरु गरेर हरेक दिन वा कमसे-कम ३ शुक्रवार गर्नुस। हरेक दिन गर्न चाहनुहुन्छ भने मन्त्रको जप १०८ चोटी गर्न सक्नुहुनेछ ।

२. दोस्रो उपाय
देवी लक्ष्मीको पुजा र मन्त्र जपको साथमा कन्या केटीहरुलाई घरमा बोलाएर भोजन गराउनुस । भोजनमा खिर हुनु जरुरी हुन्छ र श्रद्धानुसार धन दान गर्नुस । यो उपाय हरेक शुक्रवार गर्नाले चाडै शुभ फल प्राप्त हुन्छ ।

३. तेस्रो उपाय
महालक्ष्मीको साथमा भगवान बिष्णुको पनि पुजा गर्नुपर्छ । पुजामा दक्षिणावर्ती शंख, गोमती चक्र पनि राख्नुस । पुजा सकिएपछि यी चिज घरको दराजमा राख्नुस । त्यसपछि जब पनि लक्ष्मीको पुजा गर्नुहुन्छ तब यी चिजलाई पनि पुजा राख्नुस ।