पैसा आउन वा जानकालागि होइन यसकारण चिलाउँछ हात

  • प्रकाशित मिति : २०७७ माघ ४, आईतवार
  • nepaltale.com

तपाईंलाई पनि कहिलेकाँही हत्केला चिलाउने भएको छ होला ? जसलाई नेपाली समाजमा हात चिलायो भनिने गरिएको छ । हात चिलाउँदा लाभ वा हानी अर्थात केही गुम्ने वा प्राप्त हुने कुरासँग जोडर हेर्ने गरिएको छ ।

हत्केला चिलाउने समस्यालाई पैसा प्राप्त गर्ने वा गुम्ने परम्परागत मान्यतायसँग पनि जोडिएको पाइन्छ।

हत्केला चिलाउनु पैसासँग कुनै साइनो छैन। हत्केला चिलाउनु रोग नभए पनि विभिन्न तत्वहको परिणाम हो वा रोगको संकेत हो।

हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभावित पार्छ।

छालाको कोषहरु तीब्र बृद्धि भएमा र छालाको सतहमा जम्मा भए पनि हत्केला चिलाउँछ। कहिल्यकाहिँ आफै छाला कन्याउँदा पनि यस्तो समस्या उत्पन्न हुन्छ।

झिंगाको संक्रममणले पनि यस्तो समस्या ल्याउँछ। झिंगा हत्केलाको माथिल्लो सतहमा बस्दा यो समस्या आउँछ।

बढी भिडभाड भएको ठाँउमा झिंगाको संक्रमण हुने गर्छ। विशेष गरी बालबालिका र बृद्धबृद्धा यस्तो संक्रमणबाट प्रभावित हुन्छन्।

मधुमेह र छालाको समस्या पनि एक अर्कासँग सम्बन्धित हुन्छन्। तसर्थ अत्यधिक हत्केला चिलाउनु मधुमेहको पनि संकेत हो।

हत्केला चिलाउनका केही कारण यस प्रकार छन् :

खानेकुराको एलर्जीः खानेकुराको एलर्जीले पनि हत्केला चिलाउँछ। कसैकसैलाई कुनै खानाले एलर्जी गरिहाल्छ र त्यसको असर हत्केलामा देखिन्छ।

अन्डा, बदाम, दूध र समुद्री खानेकुराले पनि कसैकसैलाई एलर्जी बनाउँछ। यी खाना खानेबित्तिकै कोहीकोहीलाई एलर्जी भइहाल्छ।

कार्पल टनेल सिन्ड्रोमः (नाडीेको हड्डीको नसारुमा भएको चोटपछि हात र औलामा हुने पीडा) पनि हत्केला चिलाउँछ।

शरिरमा मध्यम खालको नसा दबिएमा कार्पेल टनेल सिन्ड्रोम हुन्छ। अध्यधिक लेख्दा, टाइप गर्दा तथा हात र औलाहरुको बढी प्र्रयोग हुदा यस्तो अवस्था आउँछ। असन्तुलित तरिकाले हत्केला चिलाउनु कार्पल टनेल सिन्ड्रोमको संकेत हो।

औषधी वा शल्यक्तियाको तरिकाले पनि यो सिन्ड्रोमको उपचार गर्न सकिन्छ। एस्पिरिन, आईबुप्रोफिन, कोर्टिकोस्टेरोइड्सले नसाको दबाबलाई शान्त पारी हत्केला चिलाउन रोक्छ।

नशालाई दबाब दिने तन्तुलाई शल्यक्रिया गरेर पनि चिलाउने समस्या रोक्न सकिन्छ।

छालाको समस्या : छालाको समस्याले पनि हत्केला चिलाउँछ। छालासमबन्धि यो रोग लाग्दा औलाहमा प्रभाव पार्छ। गर्मी र जाँडो मौसममा यसले प्रभाव पार्छ। अधिकांश इसेज्माको उचित उपचार छैन।

प्राइमेरी बिलियरी सिरोसिसः कलेजोसँग सम्बन्धित समस्याले पनि हत्केला चिलाउन सक्छ।

कलेजोमा गम्भीर समस्या नआउँदै हत्केला र खुट्टाको पैतला चिलाउँछ। चिलाउने समय र अवस्था फरक फरक हुन्छ। कहिले अकस्मात हुन्छ भने कहिले दिन वा रातमा मात्र चिलाउँछ।

रगत प्रवाह गर्ने प्रणालीमा र विशेष गरी लिभरमा एसिड उत्पन्न (बाइल एसिड) हुँदा हात हत्केला चिलाउँछ। हात चिलाउने समस्या रोक्न एन्टिहिस्टामाइन दिइन्छ।

कसरी बच्ने ?

हातको राम्रो सरसफाई र विभिन्न प्रकारका लोसन र क्रिमले हत्केला चिल्लो पार्दा धेरै हदसम्म चिलाउने समस्याको समाधान हुन्छ। छालालाई कहिल्यै पनि सुख्खा नराख्ने।

चिलायो भन्दै बेस्सरी रगेडेर कन्याउनु हुँदैन्। समस्या गम्भीर भयो भने तत्काल चिकित्सकको सल्लाहमा औषधी प्रयोग गर्नुपर्छ।

हत्केला चिलाउने समस्याबाट निको पाउन सबैभन्दा पहिला त हात चिलाउनुको कारण बुझ्नु पर्छ।

हत्केला चिलाउनुका विभिन्न कारण हुन्छन्। जाडो याममा हुने सुख्खा छाला वा बेस्सरी हात घोटेर धुदा पनि चिलाउने भएकोले ढुंगा वा जालीले हत्केला रगेड्नु हुँदैन।