ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • प्रकाशित मिति : २०८२ चैत्र १६, सोमबार
  • नेपाल टेल संवाददाता

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको एकल इजलासले उनीहरूलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।



ओली र लेखकको बयान बाँकी रहेकाले अदालतले म्याद थप गरिएको काठमाडौं अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै श्रेष्ठको इजलासले केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेकाले प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न पनि आदेश दिएको छ ।

म्याद थपका लागि प्रहरीले लेखकलाई सरकारी वकीलको कार्यालय हुँदै काठमाडौं अदालतमा पेश गरेको थियो भने पूर्वप्रधानमन्त्री ओलीलाई अस्पतालबाट भिडिओ कन्फ्रेन्समार्फत् अदालतमा हाजिर गराइएको थियो ।

गत भदौ २३ र २४ को घटनासम्बन्धी घटनासम्बन्धी अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि ज्यानसम्बन्धी कसुरमा ओली र लेखकलाई शनिबार पक्राउ गरिएको थियो । पक्राउपछि ओली उपचारका लागि शिक्षण अस्पतालमा भर्ना भएका छन् । लेखकलाई प्रहरीको २ नं गण महाराजगन्जमा राखिएको छ ।