प्रधानमन्त्री हुने तयारी भइरहँदा बालेन्द्र शाहका ज्योतिषी प्रधानमन्त्री कार्यालय पुगेर सुझाव दिएका छन् । मंगलबार पुगेका उनले वास्तुशास्त्रका बारेमा अध्ययनपछि सुझाव दिएका हुन् ।
उनले प्रधानमन्त्री सुशीला कार्कीले प्रयोग गरेको कुर्सीमा नबस्न बालेनलाई सल्लाह दिएका छन् । साथै, टेबुल-कुर्सीको दिशा बदल्नसमेत सुझाव दिएका छन् ।
बिहीबार पनि बालेननिकट पण्डित आएर प्रधानमन्त्री कार्यालयको अवलोकन गरेका छन् ।
भोलि २:१५ मा प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने समय तोकिएको छ । नयाँ प्रधानमन्त्री आउने भएपछि कार्यालय परिसरको सरसफाइ गरी चिटिक्क पारिएको छ ।
बाहिरी भवनमा लत्रिएका गुजुमुज्ज तारहरू व्यवस्थित बनाइएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ‘प्रधानमन्त्री बालेन्द्र शाह’ लेखिएको नेमप्लेटसमेत ल्याइसकिएको छ ।