सर्वोच्चको फैसलापछि प्रचण्ड र ओली समूह नाम विहिन, अर्को नाम राख्नुपर्ने

  • प्रकाशित मिति : २०७७ फाल्गुन २३, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेलको भएको ठहर गरेको छ।

आइतबार सर्वोच्चका न्यायाधीशहरू वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा नामसम्बन्धी विवादबारे रिट निवेदक ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो।



यो सँगै केपी र प्रचण्ड पक्षको नेकपा खारेज भएको छ। अब सो समूहले छुट्टै नाम राख्नुपर्ने भएको छ।

प्रतिनिधिसभा विघटन मुद्धामा विभाजित देखिएका ओली र प्रचण्ड समूहले अब के नाम राख्छन् चासोका साथ हेरिएको छ।

दुवै पक्षले तत्कालिन एमाले र माओवादी केन्द्र नै नाममा छुट्टा छुट्टै दल दर्ता गर्न सक्ने आँकलन गरिएको छ।