नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष पूरा

  • प्रकाशित मिति : २०८३ जेष्ठ १९, मंगलवार
  • नेपाल टेल संवाददाता

तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ ।

२०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो ।



उक्त घटनामा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह लगायत राजपरिवारका १० सदस्यको मृत्यु भएको थियो।

घटनापछि गठित उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्र शाह लाई दोषी ठहर गरेको थियो। तर, समितिको निष्कर्षप्रति आमजनस्तरमा पूर्ण विश्वास कायम हुन सकेको छैन। दुई दशकभन्दा बढी समय बितिसक्दा पनि दरबार हत्याकाण्डका धेरै पक्षबारे प्रश्नहरू अनुत्तरित नै रहेको चर्चा हुँदै आएको छ।

नेपालको इतिहासकै सबैभन्दा चर्चित र विवादास्पद घटनामध्ये एक मानिने यो हत्याकाण्डको रहस्यबारे अझै विभिन्न अड्कलबाजी र बहस जारी छन्।