सुनको मूल्य घट्यो, चाँदीको मूल्य भने स्थीर

  • प्रकाशित मिति : २०७७ चैत्र १३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।



यसअघि बिहीबार तोलामा २ सय रुपैयाँले बढेको सुनको मूल्य साप्ताहिक कारोबारको अन्तिम दिन शुक्रबार ६ सय रुपैयाँले घटेको हो ।

शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ८६ हजार ३ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८५ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुनको मूल्य ८६ हजार ९ सय र तेजाबी सुनको मूल्य ८६ हजार ४ सय ५० रुपैयाँ थियो ।

शुक्रबार चाँदीको मूल्य भने स्थीर रहेको छ । बिहीबारको जस्तै शुक्रबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ ।

बिहीबार भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको थियो । त्यसअघि बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३० रुपैयाँ थियो ।